बैंक तथा फाइनान्सले घटाए ब्याजदर
वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।
पालमा बस्न बाध्य पीडितका लागि घर पुनः निर्माण हुने
पाँच महिनासम्म बाढी पहिरोले विस्थापित पीडितकाे व्यवस्थापन नहुँदा पालमा बस्न बाध्य भएका छन् । सरकारको निर्णयअनुसार कर्णालीका जिल्लालगायत मुगु जिल्ला बाढी पहिरो संकटक्षेत्र घोषणा गरे तापनि बाढी पीडितसम्म राहत रकम आइनपुगेकाले समस्यामा परेका हुन् ।
पाँच पटक म्याद थप्दा पनि सडक निर्माण अपूर्ण
रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेका छैनन् ।
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।
सल्यानमा गोली लागेर एक जनाको मृत्यु
सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तनहुँ १ मा कहिले होला उपनिर्वाचन ?
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ। उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो।
राष्ट्रपति पौडेललाई अमेरिकाको बधाइ
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नु भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज उहाँलाई बधाइ दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्नुभएको छ ।
उपराष्ट्रपति निर्वाचन : प्रमिला कुमारीको उम्मेदवारी फिर्ता
उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
सरकारमा जाने तयारी छैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ ।
मुहानमा पानी सुकेपछि खानेपानीको हाहाकार
सदरमुकाम सिमकोट बजारका लागि पानीको आपुर्ती हुँदै आएको हुमाने खोलाको मुहानमा पानी सुकेपछि उपभोक्ताहरूलाई पानीको हाहाकार भएको छ । हिउँदमा हिमपात राम्रो नहुँदा सुख्खा लागेसँगै मुहानको पानी सुक्दा पानीको समस्या भएको हो ।
विराट राजाको दरबार सङ्ग्रहालय उद्घाटन
कोशी प्रदेशमा रहेको ऐतिहासिक सम्पदाको रुपमा परिचित प्राचीन विराट राजाको दरवारको संरक्षण, सम्बर्धन र प्रचार अभियानले प्राथमिकता पाएको छ ।
राजनीतिक शक्तिको मौलिक पहलले नेपालमा शान्ति स्थापना : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ ।
सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संयुक्त अपिल
विस्तृत शान्ति सम्झौताका बाँकी काम यथाशीघ्र पूरा गर्न नौ दलले संयुक्त माग गरेका छन्। माओवादी धारका नौ दलले आइतबार राजधानीमा पत्रकार सम्मेलनपछि संयुक्त अपिल जारी गर्दै सो माग गरेका हुन्।
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेसको जिम्मेवारीबाट राजीनामा
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनु भएको छ।
आजदेखि पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो ।
उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै
निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण भोलि हुँदै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ ।
एउटै योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता
सिमकोट गाउँपालिकाको योजना शाखाले एउटा योजनाका लागि एउटै समुदायका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको पाइएको छ । गाउँपालिकाले दुई महिनाको अन्तरमा घेरवारको योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको हो ।
नारामै सीमित नौमुरे परियोजना
अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा छ । निर्वाचनका बेला विभिन्न राजनीतिक पार्टीका उम्मेदवारको विशेष प्राथमिकतामा पर्ने यो परियोजना चुनाव सकिएपछि ओझेलमा पर्ने गरेको छ । लुम्बिनी प्रदेशका पाँच जिल्लावासीलाई प्रत्यक्ष फाइदा पुग्ने यो बहुउद्देश्यीय आयोजनाको प्राविधिक अध्ययन सकिएको ३६ वर्ष पूरा भइसकेको छ । यो अवधिमा मुलुकभित्र भिन्नभिन्नै राजनीतिक व्यवस्था फेरिए पनि योजनाका काम अलपत्र छन् ।
मन्त्रिपरिषद विस्तार उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक महिना पुगे पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री कमलबहादुर शाहले गत माघ २७ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् सदस्य थप्ने योजना बनाउनुभएका मुख्यमन्त्रीले विश्वासको मत पाए पनि त्यसलगत्तै राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन आएपछि मन्त्रिमण्डल विस्तार गर्न नसक्नुभएको हो ।
आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह (कन्टेनर फ्रेट स्टेसन) निर्माण अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने उद्देश्यसहित मुलुकभरि आधा दर्जन सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको जानकारी दिनुभयो ।
विशिष्टको सवारी व्यवस्थित बनाइने
गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो ।