ताप्लेजुङमा औद्योगिक तथा पर्यटन मेला सुरु
ताप्लेजुङमा पाँचदिने औद्योगिक तथा पर्यटन मेला बिहीबार सुरु भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन, वृद्धि विकास र बजारीकरण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको मेला बिहीबारदेखि सुरु भएको हो ।
‘आर्थिक वृद्धिदर ३.७ प्रतिशत’
चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र हुने विश्व बैङ्कको प्रक्षेपण छ । बैङ्कले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदन सार्वजनिक गर्दै सरकारले प्रक्षेपण गरेको भन्दा कम आर्थिक वृद्धिदर हुने जनाएको हो । सरकारले चालू आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।
नेपाल बैंकको साक्षरता पुस्तिका सार्वजनिक
नेपाल बैंकले साक्षरता पुस्तिका सार्वजनिक गरेको छ।
‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग
मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो ।
१५ करोड लागतमा निर्मित नेपालकै पहिलो औद्योगिक ग्राम प्रयोगविहीन
स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्धनको लागि धनकुटा नगरपालिका वडा नम्बर ६ मा स्थापना भएको औद्योगिक ग्राम प्रयोग विहीन भएको छ । करोडौ रुपियाँ लगानीमा संरचना निर्माण गरिएपनि सञ्चालनमा आउन सकेको छ ।
सर्वसाधारणलाई शेयर जारी गर्दै आदर्श लघुवित्त
कम्पनीले आगामी असार १ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु. ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो ।
बैंकको अत्याधुनिक भवन बन्दै
भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गर्नुभयो ।
वैदेशिक रोजगार बचतपत्र खुला
नेपाल राष्ट्र बैङ्कले पाँच वर्ष समयावधि हुने ५० करोड रुपियाँको ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ बिक्री खुला भएको छ । बचतपत्र आगामी असार ६ गतेसम्म बिक्री खुला हुने राष्ट्र बैङ्कले जनाएको छ । यो बचतपत्र निष्कासन यही असार १३ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार १३ गते हुनेछ ।
ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन
ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखाअन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ ।