राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरूले डेंगु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गर्नुभएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिनुभएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गर्नुभएको छ ।
विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ ।
बजार क्षेत्रमा छाडारूपमा छाडिने पशु चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (काजी हाउस) निर्माण गर्ने भएको छ । सडकको व्यवस्थापन तथा छाडा पशु चौपाया नियन्त्रणका लागि उपमहानगरपालिकाले वडा नं १२ कुवामा गुठी संस्थानको एक बिघा जग्गा भाडामा लिएर गौशाला निर्माण गर्न लागेको हो ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ ।
राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ । बुधबारदेखि क्षीरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले जानकारी दिनुभयो । मिश्राले सेवाग्राहीलाई सहज हुने हिसाबले टोकन वितरण गरेर सोहीअनुसार आवश्यक विवरण जुटाउने काम भइरहेको बताउनुभयो । जिल्लाको १६ वटा स्थानीय तहबाट विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।
श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे ।
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ ।
भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष लागेको अवसरमा दिगो लगानी पूर्वाधार फोरम–२०२२ को आयोजना गरियो ।
कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेती ‘हब’को रुपमा बिकसित हुदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्त्वपूर्ण क्षेत्रको रुपमा बिकासहुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवा लगाउन थालेपछि केरा खेति हबको रुपमा विकसित भएको हो ।
प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।