जेठ, असार, साउन, भदौलाई कैलाश परिक्रमाका लागि उचित समय मानिन्छ । चैत्र–वैशाख हावाहुरीको सिजन भएको र भाद्र तेस्रो सातादेखि चिसो बढ्ने भएकाले त्यसबीचको अवधि कैलाश परिक्रमाका लागि उत्तम मानिन्छ ।
भौगोलिक अवस्थाले उच्च स्थानमा अवस्थित कैलाश हिमपर्वतको परिक्रमालाई सामान्यरूपमा लिन यसै पनि मिल्दैन ।