बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा टाउको नभएको एक पुरुषको शव भेटिएको छ । ती पुरुषको दसैँको दिन राति घाँटी काटेर हत्या गरिएको हो ।
जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् ।
हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
दसैँ टीकाको दिन कैलालीमा १६ स्थानमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मान्छेले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउँदा धेरै दुर्घटना भएका हुन् ।
बाजुरामा दसैँ लागेसँगै जिल्लाको मार्तडी बजार सुनसान बनेको छ । मार्तडी बस्दैआएका अधिकांश स्थानीय दसैँ मनाउन गाउँघर गएसँगै मार्तडी बजार केही दिनदेखि सुनसान बनेको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका –३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ ।
सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ ।
आँधीखोला ५ मा रहेको आनन्द आश्रम ज्ञानकेन्द्रले दुई जना प्रधानाध्यापकलाई सम्मान गरेको छ ।
बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु तीन लाख बढीको सामान नष्ट गरिएको छ ।
स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् । नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै यहाँका ११ अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ मा अवस्थित अग्लुङ्गफेदी बजार गुल्मी र प्युठानको सिमानामा छ।
बाजुरामा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) नदिने चलन कायमै रहेको छ ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यस पटकको दसैँमा राम्रो बजार पाएको छ ।
अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका-८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।