चालु आर्थिक वर्षको चार महिनामा ८ हजार पाँच सय ४४ जना पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् ।
भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा आयोजित चक्रेश्वर मेलामा आयोजना गरिएको खुल्ला भजन प्रतियोगितामा अर्घाखाँचीको हरि ओम भजन कृतन समूह सन्धिखर्क प्रथम भएको छ ।
दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाउनुभएको हो ।
पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो ।
गोरखाका चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिका भित्र रहेका किसानहरु अहिले धान भित्र्याउन व्यस्त छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज स्थगित बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।
बाँकेका पाँच वटा स्थानीय तहबिच सीमा विवाद रहेको पाइएको छ । जिल्ला समन्वय समिति बाँकेको समन्वयमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार बैठकमा सो विवाद सार्वजनिक भएको हो ।
पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रमा यस वर्ष गरिने महत्वपूर्ण सिँचाइ तथा नदी नियन्त्रणका कामहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त अनुगमन गरेका छन्।
दाङमा जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न २७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी सोमबार बस्दैछ । यसपटकको हिउँदे अधिवेशनमा बाँकेका प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको विषयलाई आफ्नो प्रमुख एजेण्डाको रुपमा बनाउने बताएका छन् ।
हिमाली सांस्कृतिक पहिचान बोकेको मनाङको प्राचीन भ्राका गुम्बा संरक्षणमा हाल स्थानीय समुदाय तथा निकायहरूको सक्रियता बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ ।
जुम्लामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला खुलेको छ । सरकारले गत असार महिनामा जुम्लालाई खारेज गरेर हटाएको विरोधमा जुम्लाका राजनीतिकदल, जनप्रतिधि र सरोकारवाला निकायले कार्यालय तालबन्दी गरेका थिए ।
नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।