देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, जिल्ला प्रहरी कार्यालयलगायतका भवन जलेर खरानी हुँदा सँगसँगै रहेको पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालय भवन जोगियो कसरी ? अहिले पनि वरपरका खण्डहर देख्दा अचम्म लाग्छ– के जेनजीका नाममा तोडफोड र आगजनीमा उत्रिएको समूहले यी पुराना भवनलाई बेवास्ता गरेका थिए ? होइन, कर्मचारीको सचेत प्रयत्नसँगै सांस्कृतिक अभियानकर्मीले प्लेकार्ड प्रदर्शनसहित अनुनय विनय गरेर यी भवन जोगाएका हुन् ।
सरकारले ‘जेनजी’ पुस्ताको आह्वानमा काठमाडौँको नयाँ बानेश्वरसहित देशका विभिन्न स्थानमा भएको घटनाका विषयमा छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत नभएका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्म क्रमशः निष्क्रिय बनाइने भएको छ । सञ्चार मन्त्रालयमा बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो ।
भूकम्प गएको एक दशक पूरा हुँदासमेत गुम्बा पुनर्निर्माणले पूर्णता पाएको छैन । विसं २०७२ वैशाख १२ गते गएको भूकम्प त्यसपछि आएका परकम्पका कारण देशैभर बौद्ध धर्मावलम्बीका २१५ गुम्बा भत्किएका थिए । ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्ने क्रममा सबैभन्दा ढिलो गरी गुम्बाको हुन पुगेको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले नवीन पहल सुरु गर्ने भएको छ । जलवायु परिवर्तनको असरका बारेमा राष्ट्रको ध्यान खिच्न गाउँपालिकाले भदौ ३१ गते देशभरिकै पालिका प्रतिनिधित्वमा गम्भीर छलफल कार्यक्रम आयोजना गर्ने भएको हो । त्यसका निम्ति देशभरकै पालिकालाई आआफ्ना पालिकाको जलवायु असर समेटेर मुस्ताङ आउन निम्ता दिइएको छ ।
आर्थिक रूपमा लाभ लिन व्यावसायिक रूपमा र सोखका लागि जङ्गली जनावर घरमा पाल्ने क्रम बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली–२०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरेपछि जङ्गली जनावर घरमै ल्याएर पाल्ने गरिएको हो । कानुनी रूपमा २६ थरीका वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिने भए पनि थोरै मात्र फर्मले अनुमति पाएका छन् ।
नेपालमा निर्मित काठ, प्रस्तर (ढुङ्गा), तामा, चाँदी, तामामा सुनको जलप लगाएर तयार गरिएका हस्तकलाका मूर्ति विश्व बजारमा पुगिरहेका छन् । कलाकौशलले भरिपूर्ण कलात्मक मूर्ति र सजावटका हस्तकला सामग्रीको माग चीन, भारतसहित युरोप, अमेरिकालगायत देशमा हुने गरे पनि ठुलो परिमाणमा उत्पादन भने हुन सकेको छैन ।
नेपालबाट विभिन्न देशमा चोरी तस्करी गरेर विदेशमा बेचिएका १९८ मूर्ति स्वदेश फिर्ता भएका छन् । नेपालबाट कुल ४०९ मूर्ति हराएको उजुरी परे पनि १९८ मूर्ति मात्रै फिर्ता भएका हुन् ।
भूकम्प गएको दस वर्ष पूरा हुँदासमेत अझै सम्पदा पुनर्निर्माण सकिएको छैन । राज्यसँग पर्याप्त बजेट नहुँदा दरबार, मठमन्दिर, गुम्बा, सत्तल, पाटीपौवालगायत संरचनाका पुनर्निर्माण समयमै पूरा नभएका हुन् । २०७२ वैशाख १२ गते भूकम्प जाँदा कुल एक हजार एक सय ३५ सम्पदामा क्षति भएको थियो ।
राजधानीको भृकुटीमण्डपको भवन, जग्गा र प्रदर्शनीस्थल प्रयोग गरेबापत बक्यौता तिर्न समाज कल्याण परिषद्ले जारी सूचनाको बेवास्ता भएको छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
रेडियो, टेलिभिजन र पत्रिकाको नयाँ दर्ता र नवीकरण घट्दै जान थालेको छ भने अनलाइन दर्ताको सङ्ख्या बढ्दै गएको छ ।
वन विकास, संरक्षण र संवर्धन गर्न स्थापना गरिएको वन विकास कोषमा जम्मा भएको रकम कार्यविधि नहुँदा बैङ्कमै थुप्रिएको छ । विगत चार वर्षदेखि गत असार मसान्तसम्म कोषमा कुल दुई अर्ब ३४ करोड २१ लाख रुपियाँ खर्च नभएरै जम्मा भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गर्ने घोषणा गर्नुभएको छ ।
महावीर पुन नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले वीर अस्पताल र कान्ति बाल अस्पतालका १२ वटा उपकरण मर्मत गरेको छ ।