• २७ वैशाख २०८१, बिहिबार

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरु

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन १ गते । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मङ्गलबार बस्ने केन्द्रीय कार्य समिति बैठकको विषय तय गर्नका लागि पदाधिकारी बैठक सुरु भएको जानकारी दिनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको बैठकमा पार्टी सभापति, उपसभापति, महामन्त्रीसहित कार्य समितिका पदाधिकारी र पूर्व पदाधिकारी उपस्थित हुनुहुन्छ ।

आजको बैठकले भोलि (मङ्गलबार) बाट बस्ने पार्टी केन्द्रीय समितिको बैठकका विषय तय गर्ने प्रयोजनका लागि बैठक बसेको हो । केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि सुरु हुँदैछ ।