• १५ वैशाख २०८१, शनिबार

डुङ्गा डुब्दा दम्पत्तीको ज्यान गयो

blog

होमराज रानाभाट 

कावासोती, जेठ १ गते । नारायणी नदीमा डुबेर एक दम्पतीको ज्यान गएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा –२ स्थित नारायणी नदीमा डुबेर स्थानीय ५५ वर्षीय सोमबहादुर बोटे र उहाँको श्रीमती ४५ वर्षीय बगरी बोटेको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले आइतबार साँझ नारायणी नदी पारी निगुरो टिप्न जाँदैगर्दा हावाहुरीले डुङ्गा डुब्दा बोटे दम्पत्ती पानीमा बेपत्ता भएका थिए ।

बोटे दम्पती आज बिहान मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि मध्यविन्दु अस्पताल लगिएको र आजै दाहसंस्कार गरिएको प्रहरीको भनाइ छ ।