• २९ वैशाख २०८१, शनिबार

२५ वर्षमै प्रयोग नहुने अवस्थामा पुग्यो कालिगण्डकीको गेष्ट हाउस

blog

कालिगण्डकी गाउँपालिका ५ मिर्मीमा रहेको कालिगण्डकी ए जलविद्युत परियोजनामा रहेकाे गेष्ट हाउस ।

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख ९ गते । कालिगण्डकी गाउँपालिका -५ मिर्मीमा रहेको कालिगण्डकी ए जलविद्युत परियोजनाको गेष्ट हाउस प्रयोग नहुने अवस्थामा पुगेको छ । 

२०५४ सालमा कालिगण्डकी ए जलविद्युत परियोजना निर्माणका क्रममा बनेको गेष्ट हाउस मर्मत नहुँदा निर्माणको २५ वर्षमै प्रयोग नहुने अवस्थामा पुगेको हो । 

दुई तला र फराकिला आठ कोठा रहेको गेष्ट हाउस निर्माणको क्रममा लाखौँको लागतमा निर्माण भएको थियो । परियोजना निर्माणका क्रममा बाहिरबाट आउने पाहुनालाई बसाल्नका लागि उक्त भवन निर्माण भएको थियो । 

गेष्ट हाउसको एक कोठामा बेड, टेबल, दराज, एटेज बाथरुम, एसी सबै संरचना रहे पनि मर्मत नहुँदा प्रयोग नहुने अवस्थामा आएको हो । 

यहाँ रहेको कोठामा बिस्तारा च्यातिएको छ भने टेबल, दराज प्रयोग नहुने अवस्थामा रहेको गेष्ठ हाउसमा पाहुना बन्न पुग्नुभएका रोशन लामिछानेको भनाइ  थियो । 

यस्तै, एटेजबाट रुममा रहेको कम्बोट, तातो/चिसो पानी र नुहाउने बाधटप रहे पनि कुनैमा पानी नआउने र प्रयोग गर्न नसकिने अवस्थामा रहेको लामिछानेले बताउनुभयो । कामले जाँदा रात परेपछि आठ जना पत्रकार सो गेष्ट रूपमा  बसेको बताउँदै लामिछानेले रात कतिबेला कट्छ र उज्यालो हुन्छ भनेर रात कटाएको बताउनुभयो । 

कालिगण्डकी ए परियोजना निर्माणसँगै दुई गेष्ट हाउस रहेको बताउँदै परियोजनाका प्रमुख पशुपति शर्माले पावर हाउसमा रहेको राम्रो रहेको र मिर्मीको जीर्ण बनेको स्वीकार गर्नुभयो ।