• १५ वैशाख २०८१, शनिबार

महालेखापरीक्षकको प्रतिवेदन

कोरोना बीमामा मन्त्रालय र प्राधिकरणको अभिलेख रकम फरक

blog

काठमाडौं, बैशाख ४ गते । सरकारी अभिलेखमा भएको कोरोना बीमा दाबी भुक्तानी र बीमा प्राधिकरणसँग रहेको कोरोना दाबी भुक्तानी रकममा फरक देखिएको छ । महालेखा परीक्षक कार्यालय सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा यी दुई निकायबीच रकममा फरक देखिएको हो । 

अर्थ मन्त्रालयको अभिलेखमा बीमाबापतको भुक्तानी रकम १० अर्ब ५२ करोड ३२ लाख रुपियाँ रहेकोमा प्राधिकरणको अभिलेखमा ९ अर्ब ७२ करोड ६३ लाख देखिएको छ ।  

दुई अभिलेखबीच ७९ करोड ६९ लाख भिन्नता देखिएको प्रतिवेदनमा उल्लेख छ । साथै प्रतिवेदनमा नेपाल सरकाबाट कोरोना बीमाबापत आषाढ मसान्तसम्म ६ अर्ब १० करोड १५ लाख भुक्तानी भएको देखिएको छ । 

अर्थ मन्त्रालयको अभिलेखमा बीमाबापतको भुक्तानी रकम १० अर्ब ५२ करोड ३२ लाख रुपियाँ रहेकोमा प्राधिकरणको अभिलेखमा ९ अर्ब ७२ करोड ६३ लाख देखिएको छ ।  

कोरोना बीमा सम्बन्धमा ३ अर्ब ५० करोड रुपियाँ बढीको हिस्सा व्यहोर्ने नेपाल सरकारको निर्णय नियमसंगत नरहेको प्रतिवेदनमा उल्लेख छ । प्रिमियम बापतको रकम कम्पनीले प्राप्त गरेको अवस्थामा असीमित दायित्व नेपाल सरकारले व्यहोर्ने निर्णय नियमसँगत् नभएको बताइएको छ ।

कोरोना बीमासम्बन्धमा २०६६ साउन १६ गते सचिवस्तरीय निर्णयबाट कोरोना बीमा मापदण्ड, २०७७ स्वीकृत भएको थियो । जसमा ३ अर्ब ५० करोड बढीको दाबी रकम भुक्तानी गर्ने हकमा दायित्व व्यहोर्ने निकाय नेपाल सरकार हुने उल्लेख छ । गत वर्ष नेपाल सरकारले कोरोना बीमाबापतको रकम भुक्तानीका लागि १ अर्ब निकासा गरेको थियो । यो कार्य पनि नियमसंगत नरहेको प्रतिवेदनमा उल्लेख छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।