पप्पुलाई कारवाही गर्न माग


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ८ गते । तराईमा पुल र सडक लगायतका भौतिक निर्माणको ठेक्कापट्टा लिई काम नगर्ने पप्पु कन्स्ट्रक्शनको बाँकी ठेक्का रद्द गर्न माग गर्दै हुलाकी सडक संघर्ष समितिले प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघर्ष समितिद्वारा संचालित सप्ताहव्यापी हुलाकी जनजागरण अभियानको समापन कार्यक्रमको अवसरमा आइतबार प्रदेश न २ का मुख्यमन्त्रीको कार्यालयमा आयोजित कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई ज्ञापनपत्र बुझाइएको सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा पप्पु कन्स्ट्रक्शनले ठेक्का पाएको कमला र बलान पुलको निर्माणमा गरेको ढिलाईप्रति आक्रोश व्यक्त गर्दै ठेक्का रद्द गर्न माग गरिएको छ । त्यसैगरी, जनकपुरदेखि कमला पुलसम्म २५ किलोमीटर सडक निर्माणको ठेक्का लिएका लामा–रमण कन्स्ट्रक्शनले गत आसारसम्ममा नै कालोपत्रै गरिसक्नु पर्नेमा अहिलेसम्म २५ प्रतिशत पनि काम नगरेकोले चाँडो भन्दा चाँडो काम गराउन प्रदेश सरकारको ध्यानाकर्षण समेत ज्ञापनपत्रमा गराइएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds