• १५ वैशाख २०८१, शनिबार

समीक्षा र वाङछिरीङ भोटियाको ‘बर्दिवासको घाम’

blog

काठमाडौं, चैत २१ गते। गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक भएको छ।

अर्जुन पोखरेलको शब्द, संगीत, एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर विष्टको अभिनय देख्न सकिन्छ।

प्रथम क्षेत्रीको निर्देशन रहेको सार्वजनिक नृत्य शैलीको भिडियोलाई दर्शकले रुचाएको गायक वाङ छिरीङ भोटिया बताउनुहुन्छ। नरेश बीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलले सम्पादन गर्नुभएको हो।