• १५ वैशाख २०८१, शनिबार

रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ।

काठमाडौं, चैत २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सभापति लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुन लागेको हो ।

राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

पौडेलले दायर गर्नुभएको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गर्नुभएको छ ।

पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत आठ व्यक्ति तथा निकायलाई विपक्षी बनाउनुभएको छ ।