• ६ जेठ २०८१, आइतबार

आजको मौसमः चट्याङसहित वर्षा र भारी हिमपात

blog

सोलुखुम्बुको नाम्चेमा परेको हिमपात । तस्बिरः गोरखापत्र

काठमाडौं, चैत ७ गते । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भरहेको महाशाखाले जनाएको छ । 

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ । 

रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि सामान्य बदली छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलीमिटर वर्षा भएको छ । काठमाडौँमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुङ्गामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलीमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ  डिग्री सेल्सियस  छ ।