• १५ वैशाख २०८१, शनिबार

चन्द्र भण्डारीलाई हल्का सङ्क्रमण देखियो

blog

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी । फाइल तस्बिर

काठमाडौं, फागुन १८ गते । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीलाई हल्का इन्फेक्सन (सङ्क्रमण) देखिएको छ ।

सांसद भण्डारीको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्नुहुँदै कांग्रेस नेता योगराज कँडेलले हल्का सङ्क्रमण देखिएकाले एन्टीवायोटिक्स चलाइएको जानकारी दिनुभएको छ ।

नेता कँडेलका अनुसार सांसद भण्डारीलाई ज्वरो नआएको र अरु पारामिटर सबै सामान्य रहेको छ । त्यस्तै, आज ड्रेसिङको काम हुनेछ भने भण्डारीको उपचार आईविसियू (आईसियू) को प्रोटोकल अनुसार भइरहेको नेता कँडेलको भनाइ छ ।