नामबाट अण्डरलाईन हट्यो (नेकपा) थपियो

भउचप्रसाद यादव

काठमाडौँ, जेठ १८ गते । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणपछि गठन भएको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । दुई पार्टीबीचको एकीकरणपछि गठन गरिएको नेपाल कम्युनिष्ट पार्टीको नाममा राखिएको ‘अण्डरलाइन’लाई हटाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने प्रस्ताव गरिएको हो । त्यसैगरी, अङ्ग्रेजीमा नामपछि ‘एनसीपी’ राखिने छ ।
पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ्ले नाम परिवर्तनका लागि सबै प्रक्रिया पुरा गरेर निर्वाचन आयोगको कार्यालयमा निवेदन दत्र्ता गराएको जानकारी दिनुभयो । निर्वाचन आयोगले शुक्रबारसम्म नाम परिवर्तनसहितको नयाँ राजनीतिक दल दत्र्ताको प्रमाणपत्र दिने विश्वास आफूहरूले गरेको उहाँले बताउनुभयो ।
‘आयोगमा दुईवटा राजनीतिक दलको नाम जुध्ने भयो, नाम सच्याउनु’ भन्ने निर्वाचन आयोगको पटक पटकको अनुरोधपछि पार्टीमा छलफल गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने गरी दल दर्ताका लागि आयोगमा विहीबार निवेदन दत्र्ता गराएको जानकारी उपनेता नेम्वाङले दिनुभयोे । ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी नामक राजनीति दल यसअघि नै निर्वाचन आयोगमा दर्ता छ ।
नेपाल कम्युनिष्ट पार्टी को बुधबार बसेको संसदीय दलको बैठकमा समेत पार्टीको नाम परिवर्तनबारे छलफल भएको थियो । छलफलमा नेता नेम्वाङ र अर्का नेता देव गुरुङले पार्टीको नयाँ नाम राख्न प्रस्ताव गर्नुभएको थियो ।
निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निवेदन दर्ता भएको ४५ दिनभित्र आयोगले आवश्यक प्रक्रिया पुरा गरी नयाँ राजनीतिक दल दर्ताको प्रमाणपत्र दिन सक्ने कानूनी प्रावधान रहेको जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds