• २२ वैशाख २०८१, शनिबार

सर्वोच्चमा रेशम चौधरीको मुद्दामा सुनुवाइ हुँदै

blog

नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्वसांसद रेशम चौधरी

काठमाडौं, माघ २२ गते । नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्वसांसद रेशम चौधरीले दायर गर्नुभएको मुद्दाको सुनुवाइ हुँदैछ ।

पूर्वसांसद चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखि सर्वोच्चमा रिट निदेवन दर्ता गर्नुभएको थियो ।

आइतबार सर्वोच्चका न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशमसहित १२ जानको मुद्दाको सुनुवाइ हुन लागेको हो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित आठ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

उच्च अदालतबाट समेत टुङ्गिएर सर्वोच्च आइपुगेको त्यही मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको हो ।