चैत दोस्रो साता उपराष्ट्रपति चुनाव

काठमाडौँ, फागुन ३० गते । निर्वाचन आयोगको बुधबार बस्ने बैठकले उपराष्ट्रपति निर्वाचनको मिति र कार्यक्रम तय गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपतिको निर्वाचन सम्पन्न भएकाले उपराष्ट्रपति निर्वाचनको कार्यक्रम तय गर्न बुधबार बैठक बस्न लागेको जानकारी दिनुभयो । 

कानुनी दायराभित्र रहेर सकभर छोटो अवधिमा उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने तयारीमा आयोग लागेको जानकारी उहाँले दिनुभयो । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको सात दिनभित्र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ । उपराष्ट्रपतिको निर्वाचन चैतको दोस्रो साताभित्रै गर्ने तयारीमा आयोग जुटेको छ ।
प्रमुख आयुक्त डा. यादवले २०७४ माघ ७ भित्रै तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई थियो, त्यो पूरा भई नेपालमा सङ्क्रमणकाल अन्त्य भएको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds