• १५ वैशाख २०८१, शनिबार

मधेश प्रदेशसभाको उप सभामुखमा बबिता निर्वाचित

blog

धर्बेन्द्र झा 

धनुषा, माघ ३ गते । मधेश प्रदेश सभाको उप सभामुखमा जनमत पार्टीका प्रदेश सभा सदस्य बबिता कुमारी राउत ईशर बहुमतले निर्वाचित हुनुभएको छ । 

प्रदेश सभाको मंगलबारको दोस्रो बैठकमा उपस्थित १०१ जना सदस्यमध्ये उप सभामुखका लागि भएको निर्वाचनमा ईशरको पक्षमा ७२ मत र विपक्षमा २९ मत परेको छ ।

निर्वाचित उपसभामुख ईशर समानुपातिकतर्फ सप्तरीवाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु हुन्छ ।