• १५ वैशाख २०८१, शनिबार

हुम्लाबाट समानुपातिकतर्फ प्रदेश सभामा तीन जना सिफारिस

blog

विजया बुढा, कलबहादुुर हमाल र जुम्कित लामा । फाइल तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, मङ्सिर २५ गते। कर्णाली प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फ हुम्ला जिल्लाबाट तीन जनाको नाम परेको छ। तीनै जना ठूला राजनीति दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का तर्फबाट तीन जनाको नाम सिफारिस भएको हो। 

शनिबार निर्वाचन आयोगमा दलले कर्णाली प्रदेश सभा सदस्य समानुपातिकतर्फ दलले बुझाएको अन्तिम नामावलीमा नेपाली कांग्रेसबाट विजया बुढा पर्नुभएको छ। उहाँ नेपाली कांग्रेस जिल्ला कार्य समितिको सचिव र महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। 

नेकपा (एमाले)बाट कलबहादुर हमालको नाम अन्तिम नामावलीमा परेको छ। उहाँ एमालेको जिल्ला कमिटीको अध्यक्ष हुनुहुन्छ। 

नेकपा (माओवादी केन्द्र)बाट जुम्कित लामा (जुनेली ) सूचीमा समेटिनुभएको छ। उहाँ माओवादी कर्णाली प्रदेश कमिटीको सदस्य हुनुहुन्छ। उहाँहरू तीन जनाले कर्णाली प्रदेश सभामा हुम्लाको प्रतिनिधित्व गर्नुहुनेछ। 

यसअघि प्रत्यक्षतर्फ (क) मा रणसिंह परियार र (ख) क्षेत्रमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही निर्वाचित भइसक्नु भएको छ। अघिल्लो कर्णाली प्रदेश सभामा हुम्लाबाट दुई जनाले प्रतिनिधित्व गर्नुभएको थियो।