• १४ वैशाख २०८१, शुक्रबार

ढुङ्गा लागेर एकको मृत्यु

blog

सांकेतिक तस्बिर

राजन रावत

हुम्ला, असोज ३० गते । माथिबाट ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ । पशु बस्तु चराइरहेको बेला वर्षापछि गल्केको भिरालो जमिनबाट खसेको ढुङ्गा लागेर वनमा साउने नेपालीको मृत्यु भएको हो । 

सर्केगार्ड गाउँपालिका –१ को जैर गाउँका ३४ वर्षका नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो गाउँका पूुर्ब वडा अध्यक्ष गोकुल बुढाका अनुसार दिनभरि पशु चराएर बेलुका घर फिर्ता ल्याउने क्रममा माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेर नेपालीको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । 

बनबाट पशु चराएर बेलुका अबेरसम्म नेपाली घर नआएपछि परिवारको सदस्यहरू खोजीमा जाँदा नेपाली मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । भारी वर्षा भएका कारण जमिन भिजेर ढुङ्गा खसेको अनुमान प्रहरीले लगाएको छ ।