• १५ वैशाख २०८१, शनिबार

'आईईसी डिजाइनर रनवे ११' फेसन शो

blog

काठमाडौं, भदौ ६ गते । ‘आईईसी डिजाइनर रनवे ११’  फेसन शो काठमाडौंमा सम्पन्न भएको छ । आईईसी कलेजको आयोजनामा भएको कार्यक्रममा नेपाल र भारतका दर्जनौं मोडलको सहभागिता थियो । 

रनवेको शो-टपरस्का रुपमा नायिका आँचल शर्मा, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मी श्रेष्ठ र नायक आकाश श्रेष्ठ थिए ।  सहभागीहरूले आईईसी कलेजबाट दिक्षित विद्यार्थीहरुले डिजाइन गरेको ड्रेसमा सजिएर विभिन्न १२ वटा सिक्वेन्समा र्याम्पमा उत्रिएका थिए । 

दरबारमार्गस्थित होटल याक एण्ड एतिमा सम्पन्न उक्त फेसन शो नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको हो।