• १३ साउन २०८१, आइतबार

विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदै

blog

काठमाडौं, फागुन ३० गते। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै छ। 

केन्द्रका नेफ्रोलोजिष्ट डा. कल्पनाकुमारी श्रेष्ठका अनुसार मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास भन्ने नाराका साथ  विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाउने जानकारी दिनुभयो। 

केन्द्रले यस पटक काठमाडौं उपत्यका विभिन्न अंग प्रत्यारोपण गर्ने अस्पताल र मस्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालको संयुक्त आयोजनामा कार्यक्रम गर्ने डा. श्रेष्ठको भनाइ छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतल, चिकित्सक  विज्ञान राष्ट्रिय  प्रतिष्ठान वीर अस्पताल, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण  समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल ,नेशलन किड्नी सेन्टर रहेका छन्।   

 डा. कल्पनाकुमारी श्रेष्ठ

 डा. श्रेष्ठका अनुसार केन्द्रले बिहीबार बिहान सात बजेर ४५ मा रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्राको सुरुवात गर्ने कार्यक्रम छ। त्यस लगत्तै  प्रत्यारोपण, अंगदाताको समूहसँग कालाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कार्मचारी बिच मैत्रीपूर्ण खेल आयोजना हुने डा. श्रेष्ठले जानकारी दिनुभयो। 

बिहान ९ बजेदेखि ९ बजेर ३० मिनेटसम्म विश्व मिर्गौला दिवस सम्बन्धी औचारिक कार्यक्रमको आयोजना गरेर कार्यक्रम मनाउने डा. श्रेष्ठले जानकारी दिनुभयो।