• ७ जेठ २०८१, सोमबार

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

blog

सुदूरपश्चिम प्रदेश सभा । तस्बिर: अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन १९ गते । सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको हो । 

प्रदेश सभाको तेस्रो अधिवेशनको १० औँ बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । समितिको निर्देशनमा सो बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिनुभयो । 

प्रदेश सभामा सुदूरपश्चिम निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा र सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को मस्यौदा विचाराधीन अवस्थामा छ ।