• १२ मंसिर २०८१, बुधबार

कम्बोडियामा १ टनभन्दा बढी अवैध लागू औषध बरामद

blog

नोमपेन्ह, माघ ९ गते । उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागू औषध बरामद गरेको छ ।

प्रेह विहेर प्रान्तीय सैन्य प्रहरीका प्रमुख ब्रिगेडियर जेनेल काङ साओकुनले जनवरी २० को राति चे सेन जिल्लामा छाडिएको एसयूभी कारमा  उक्त परिमाणको लागू औषध भेला पारिएको बताउनुभएको छ ।

उहाँले छिमेकी मुलुकबाट सीमा पार गरेर लागू औषध ओसारपसार गर्ने शङ्कास्पद व्यक्तिहरू उक्त क्षेत्रमा गस्तीमा रहेका प्रान्तीय सैनिक प्रहरी अधिकारीले देखेपछि कार छाडेर नजिकैको जङ्गलमा भागेको पनि उहाँले जानकारी दिनुभएको छ ।

‘कुल १ हजार २० किलोग्राम क्रिस्टल मेथाम्फेटामाइन बरामद गरिएको छ र हामी सन्दिग्ध (हरू) को खोजी गरिरहेका छौं,’ उहाँले सिन्ह्वालाई भन्नुभयो ।

सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको कारबाहीका क्रममा लागू औषध सन्दिग्ध कारोबारीहरूको कब्जाबाट कुल २.९७ टन सबै प्रकारका अवैध लागू औषध बरामद गरिएको प्रतिवेदनले जनाएको छ ।

बरामद लागू औषधमा हेरोइन, एक्स्टेसी, केटामाइन, निमेटजेपाम, कोकिन, क्रिस्टल मेथाम्फेटामाइन, मेथाम्फेटामाइन चक्की, क्याथिनोनलगायतका लागू औषध छन् । यहाँ अवैध लागू औषध तस्करलाई मृत्युदण्डको सजाय छैन तर ८० ग्रामभन्दा बढी अवैध लागू औषध ओसारपसारमा दोषी पाइएमा आजीवन कैद सजाय हुनसक्ने प्रावधान छ । रासस/सिन्ह्वा