काठमाडौं, माघ ५ गते । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको जनाइएको छ ।
दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान–श्रीमती, उनीहरुका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ ।
सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको गएको छ । जोर्डनले सक्रिय रूपमा सिरिया–जोर्डन सीमाक्षेत्रमा रहेको स्वीडामा लागू औषध तस्करलाई लक्षित गर्दै आएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल