काठमाडौं, पुस २० गते । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतलाई कोलोराडो अदालतको हालैको फैसलालाई नमान्न आग्रह गर्नुभएको छ ।
कोलोराडाले राज्यको २०२४ राष्ट्रपतिको प्राथमिक मतपत्रबाट हटाउने निर्णय गरेको थियो । दुई हप्ताअघि कोलोराडो सर्वोच्च अदालतले २०२४ रिपब्लिकन अग्रपङ्क्तिमा रहेका ट्रम्प ४–३ को भोटका साथ योग्य राष्ट्रपति पदका उम्मेदवार नभएको फैसला गरेको थियो ।
कोलोराडो सर्वोच्च अदालतको निर्णयले पहिलो पटक अमेरिकी राज्यको अदालतले ट्रम्पलाई विरलै प्रयोग गरिएको विद्रोह खण्डलाई उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय चुनावबाट अयोग्य ठहर्याउन सहमति जनाएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल