• १२ मंसिर २०८१, बुधबार

२०२३ मा नर्वेको समुन्द्री खाना निर्यातमा नयाँ रेकर्ड

blog

काठमाडौं, पुस २० गते । नर्वेको समुन्द्री खाना निर्यात २०२३ मा नयाँ उचाइमा पुगेको छ । १७२ बिलियन नर्वेजियन क्रोनर (१६.६८ बिलियन अमेरिकी डलर) को रेकर्ड कायम गरेको हो ।

यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत अर्थात् २०.७ अर्ब नर्वेजियन क्रोनरले वृद्धि भएको नर्वेजियन सीफुड काउन्सिलले जनाएको छ । २०२२ पछि नर्वेली क्रोनको कमजोरीले क्रोनर सर्तहरूमा निर्यात वृद्धिलाई उल्लेखनीय रूपमा बढाएको छ ।

यद्यपि यो वृद्धि युरो वा अमेरिकी डलरमा मूल्याङ्कन गर्दा कम हो । नर्वेका मत्स्य पालन र महासागर नीतिमन्त्री सेसिली मायर्सेथले अन्तर्राष्ट्रिय स्तरमा नर्वेली समुन्द्री खाना निर्यात गर्न आग्रह गर्नुभयो । यद्यपि, भोल्युमको हिसाबले नर्वेको कुल समुन्द्री खाना निर्यात २०२३ मा २८ लाख मेट्रिक टनमा झरेको छ ।

जुन २०२२ को तुलनामा ५ प्रतिशतले घटेको छ । २०२३ मा नर्वेले १५३ देश र क्षेत्रहरूमा समुन्द्री खाना निर्यात गरेको छ । पोल्याण्ड, डेनमार्क र संयुक्त राज्य अमेरिका नर्वेली समुन्द्री खाना बढी भित्रिने देश हुन् ।

चीन नर्वेजियन समुन्द्री खानाका लागि आठौँ ठुलो विश्वव्यापी बजार र एसियामा अग्रणी रहेको छ । २०२३ मा चीनले ८.५ बिलियन नर्वेजियन क्रोनर मूल्यको सामानहरू आयात गरेको छ । यो २०२२ को तुलनामा १८ प्रतिशतले बढेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल