इटालीका विवादास्पद चलचित्र निर्देशक पिएर पाओलो पासोलिनी निओ इटालियन रियालिज्म आन्दोलनपछि  देखा परेका चर्चित निर्देशकमध्येका एक हुन् । यिनले जम्मा बाह्र वटा चलचित्र बनाए । करिब करिब फेडेरिको फेलिनीकै उमेरका यिनले चलचित्र निर्देशनमा हात हाल्नुअघि दुई उपन्यास, तीन कविता सङ्ग्रह र दुई निबन्ध सङ्ग्रह निकालेको देखिन्छ । चलचित्र जस्तै उपन्यास पनि विवादमा मुछिएको पाइएको छ । चलचित्र क्षेत्रमा हात हाले पनि लेखन कर्मलाई आफ्नो हत्या हुने वर्ष (सन् १९७५) सम्म पनि निरन्तरता दिएका थिए । दोस्रो विश्वयुद्धपछि  कम्युनिस्ट र घोर बुर्जुवा विरोधी बन्न पुगेका पासोलिनीका प्रथम दुई चलचित्र (अक्कातोने १९६१ र मामा रोमा १९६२) निओ रियालिस्ट लक्षणले युक्त देखिन्छन् । 
निओ रियालिस्ट परम्परामार्फत आएका र चलचित्र निर्देशनको प्राथमिक वर्षहरूमा त्यसै परम्परा अन्तर्गत रहेर काम गरिरहेका फेलिनीको चलचित्र ‘नाइट्स अफ क्याबिरिया’ (१९५७) को पटकथा लेखेर चलचित्र क्षेत्रमा पासोलिनीले प्रथम पटक पाइला हाल्ने काम गरेका थिए । पासोलिनीका प्राथमिककालीन चलचित्रहरू हेर्दा ‘नाइट्स अफ क्याबिरिया’ बाट धेरै प्रभावित भएको अनुभूत हुन्छ । अक्कातोने र मामा रोमा दुवैमा ‘नाइट्स अफ क्याबिरिया’ मा जस्तै यौनकर्मी महिलाको सङ्घर्ष, अस्तित्व सङ्कट र जीजिविषाको गम्भीर चित्रण देख्न सकिन्छ । अर्कोतर्फ पासोलिनीका चलचित्रमा क्याबिरियाको आस्तित्विक उहापोह मात्रै नभएर उनीहरू घस्रिरहेका ठोस संसारको समेत चित्रण देख्न सकिन्छ । सर्वहारा सुकुम्बासी, लफङ्गा, आवारा, केटीको दलाल र दलालको निर्दयिता पनि यौनकर्मी महिलाहरूसँगै जोडिएर आएको छ ।
पासोलिनीका दुवै चलचित्रले यस्ता पात्रलाई समेटेको छ, जसको अस्तित्व कुनै खास महìवको होइन । मानौँ ती पात्र मानिस होइनन् बरु साना साना किरा हुन् ।
चलचित्र अक्कातोने यौनकर्मी महिलामा भन्दा ज्यादा महिलाहरूलाई यौन व्यापारमा लगाउने दलाल अक्कातोने नामक युवक र उसको वरिपरि रहने अन्य लफङ्गाहरूमा बढी केन्द्रित छ । अक्कातोने रेड लाइट एरियाको सञ्चालक या आपराधिक समूहको नाइके केही होइन । ज्यादै सानो छ उसको संसार । केही लफङ्गाबाहेक उसको अन्त सम्पर्क पनि देखिँदैन । एक किसिमले ऊ विचरा प्राणी हो । आर्थिक रूपले पूरै तन्नम ऊ एक विवाहित मानिस हो । उसकी श्रीमती दुई बच्चासहित आफ्नै माइतीमा बस्छे जुन तन्नमकै बस्तीमा पर्दछ । श्रीमती कारखानामा काम गर्छे । शारीरिक रूपले पनि कमजोर र श्रम गरेर खान नसक्ने अक्कातोने आफ्नो मातहतमा रहेका दुई–एक महिलाको कमाइमा गुजारा गर्ने गर्छ । केटीहरूकै कमाइबाट औँलामा र घाँटीमा सुनको गहना जोडेको छ । दिनभरी नदी किनारमा साथीहरूसँग रमाइलो गरेर बस्छ । उसको वासस्थान पनि जेल गएको आफ्नो साथीको डेरामा छ ।
चलचित्रको सुरुमा सम्भावित नायकका रूपमा देखापर्ने अक्कातोने विस्तारै खलपात्रका रूपमा सबैबाट अवहेलित देखा पर्छ । उसको आरामको जिन्दगी तब खलबलिन्छ जब उसकी केटीलाई आवाराले सुनसान स्थानमा लगेर पिट्ने काम गर्छन् । त्यस युवतीले पुलिसमा रिपोर्ट गर्छे तर दोषी ठीक तवरले चिन्न नसकेर निर्दोषलाई आरोप लगाउन पुग्छे र गलत मानिसलाई औँल्याएको अपराधमा पुलिसले उल्टो त्यस यौनकर्मी युवतीलाई नै जेलमा हाल्छ । जेलमा युवतीले आफू जस्तै अर्की युवतीलाई भेट्छे । स्वतन्त्र रूपमा सुनसान स्थानहरूमा यौन व्यापार गर्ने महिलाहरूको पीडालाई चलचित्रले समेट्ने प्रयास गरेको छ । आवारा र पुलिस दुवै उनीहरूका लागि समस्या स्वरूप खडा भएका छन् । एक त सडकमा बसेर व्यापार गर्न दिइँदैन त्यसमाथि आवाराहरूले दिने यातना । काममा लगाउने दलालमा पनि दया भाव देखिँदैन । शारीरिक रूपमा अशक्त हुँदा पनि अक्कातोने युवतीलाई जबर्जस्ती सडकमा जान बाध्य पार्छ । युवती जेलमा बसेपछि अक्कातोनेको जीवन यापनमा धक्का पुग्छ र ऊ श्रीमतीको माइती जान्छ । माइती खलकले गोदेर लखेट्छन् । फलाम कारखानामा काम गर्न जान्छ तर काम गर्न नसकेर ढल्छ । तनावमा परेका बेला बाटोमा एउटी केटी फेला पर्छे र उसलाई फकाएर हातमा लिन्छ । नयाँ केटीकी आमा यौन धन्दामा लागेर उसलाई हुर्काएको कुरा त्यसका कुराबाट थाहा लाग्छ । केटी असल, सोझी र असल बाटोमा लागेर जीवन यापन गर्ने चाहना भएकी हुन्छे । अक्कातोनेको मनसाय अर्कै हुन्छ । ऊ नयाँ भेटिएकी केटीलाई यौन धन्दामा लगाएर आफ्नो समस्या हल गर्न चाहन्छ । केटीलाई धन्दामा लगाउनका लागि आवश्यक देखिएका नयाँ जुत्ता, लुगा र नेकलेस किन्न ऊसँग पैसा हुँदैन । केटी आफैँ तन्नम छे ।
अक्कातोने फेरि ससुराली टोलमा जान्छ र बाहिर बाटोमा खेलिरहेको छोरालाई अँगालो हालेर गालामा चुम्न लगाउँछ । छोराले गालामा चुमेकै बेला उसको घाँटीमा रहेको सिव्रmी छोराले चालै नपाउने गरेर लिन्छ । सिव्रmी बेचेर केटीलाई सजधज गराएर व्यापारमा लगाइहाल्छ ।
अक्काताने यस्तो पात्र हो जसमा कुनै पनि सकारात्मक पाटो छैन । मानिस जब बिग्रन थाल्छ तब त्यसको अन्तिम बिन्दु हुँदैन वास्तवमा । हाम्रा वरिपरि अहिले यस्ता पात्र धेरै छन् । कृषि युगमा मानिससँग जमिन, संयुक्त परिवार र समाज सबै थियो र मानिसहरू नैतिकताबाट चल्दथे । औद्योगिक युगले यस अवस्थालाई भत्काउन सुरु ग¥यो र जब दोस्रो विश्वयुद्धपश्चात पुँजीवाद सुरु भयो केही पनि रहेन न खेत, न परिवार न समाज न नैतिकता । केवल निकृष्टता र विसङ्ति छ ।
चलचित्रको सुरुतिर साथीहरूसँग पौडी खेल्ने कुरामा बाजी जित्ने अक्कातोने अन्त्यमा जीवनसँग हार्न पुग्छ । पुलिसबाट भाग्ने व्रmममा अन्धाधुन्ध मोटरसाइकल कुदाउने हुँदा दुर्घटनामा परेर ऊ मर्छ ।
अक्कातोने जस्तै मामा रोमाको परिवेश पनि सहरभन्दा अलि परको काँठ क्षेत्र हो । वास्तवमा दुवै चलचित्र एकअर्काका परिपूरक जस्ता लाग्छन् र नै दुवै चलचित्रलाई एकै ठाउँमा समेटिएको छ यहाँ । दुवै चलचित्रले सन् १९४६ पछिको नयाँ सभ्यतातर्फ सङ्केत गरेको छ । चलचित्रमा हामी हिजो सुरु भएका विसङ्गतिका दृश्य देख्छौँ । त्यसको विकसित स्वरूप आज हाम्रा आँखा सामुन्ने छन् ।
गरिब र धनीहरूको अलग टोल तथा जीवन शैली, बढ्दो अपराध, बढ्दो सहरीकरण र सबै चिजको बजारीकरण आदि ।
पासोलिनीको दोस्रो चलचित्र मामा रोमा (१९६२) एक भूतपूर्व यौनकर्मी महिलाको कथामा केन्द्रित छ । मूल पात्रको नाम पनि मामा रोमा नै राखेका छन् पासोलिनीले । मामा रोमाको भूमिकामा इटालीकी विख्यात नायिका आना मागनानीले आफ्ना अघिल्ला चलचित्रमा (रोम, ओपन सिटी १९४५, बेलिसीमा १९५१) जस्तै बेजोड अभिनय गरेकी छिन् ।
चलचित्रकी मूल पात्र मामा रोमा आफ्नो छोरा (एत्तोरे) को जीवन स्तर उकास्न गाउँ छोडेर सहरको नजिकै बनेको नयाँ बस्तीमा आउँछे । सोह्र वर्षे छोरासहितकी ऊ वेश्यावृत्ति छोडेर बजारका अरू तरकारी व्यापारीले जस्तै गाडामा फलफूल तरकारी बेच्ने गर्छे । ऊ सुविधा सम्पन्न मध्यम वर्गको तहमा उक्लन चाहन्छे र छोरालाई त्यसै वर्गका युवाहरूसँग सङ्गत गर्न सुझाव दिन्छे । मूल सहर भित्रै बसाइँ सर्ने उसको लक्ष्य छ । तीस वर्षको अँध्यारो जीवन यात्राबाट मुक्त मामा रोमा वर्तमानमा निर्धक्क साथ खुसी भएर बाँच्दछे ।
चलचित्रको सुरुवातमा मामा रोमाको दलाल (कारमिने) बिहे बन्धनमा बाँधिन्छ र कथाबाट हराउँछ । मामा रोमाले पनि बिहे भोजमा अब आफू मुक्त भएको यद्यपि ऊ मामा रोमाको जीवनबाट भने हराउँदैन । मामा रोमाको प्रगतिको बाधक भएर दुई पटक देखापर्छ र मामा रोमालाई समस्यामा पार्छ । दलाल कारमिने मामा रोमा जस्ता सङ्घर्षशील सर्वहाराहरूलाई उठ्नै नदिने आधुिनक पुँजीवादको छाया प्रतीत हुन्छ । हुन त मामा रोमा आफ्नो छोराले धनीहरूलाई गाली गरेको सुनेर अब तिमी पनि कम्युनिस्ट भयौँ ! तिमी कम्युनिस्ट भयौँ भने हाम्रो सम्बन्ध खत्तम भनेर व्यङ्ग्य गर्छे ।
पुँजीवादको जाँतोमा पिसिएकाहरू नै पुँजीवादप्रति लालायित हुनु अर्को सत्य हो तर निर्देशक पासोलिनी सांसारिक यथार्थलाई प्राकृतिक रूपमा देखाउने स्रष्टा हुन् । उनी आफ्नो लक्ष्य र दर्शन अलग तरिकाले प्रस्तुत पनि गर्छन् । पुँजीवादको समर्थन गर्नु उनको लक्ष्य होइन ।
इटालीका नागरिकहरू रोमलाई रोमा भन्छन् । रोम एउटा इतिहास बोकेको विश्वको पुरानो सहर या सभ्यता हो । चलचित्रको नाममार्फत पासोलिनीले सूक्ष्म व्यङ्ग्य पस्केका हुन् कि जस्तो लाग्छ । आधुनिकीकरणले रोमलाई हाँसो, खुसी र गर्वको चुचुरोमा उचाल्नुको साटो आँसुको दहमा डुबाएको जस्तो लाग्छ । “आफूलाई इटालीले नचिनेको बहाना गरिरहेछ,” भन्ने मामा रोमाको वाक्य गम्भीर देखिन्छ ।
बिहे भोजकै दृश्यमा दुलहीको बाबुले बाल्ने व्रmममा पासोलिनीले किसानहरूको बारेमा कडा प्रसङ्ग उप्काएका छन् र कलात्मकता देखाएका छन् । दुलहीको बाबुले– हामी जमिनमा काम गर्ने मानिस हौँ तैपनि हामीसँग– भन्ने शब्द बोल्नासाथ सँगै बस्ने पाहुनाले फ्याट्ट टिबी शब्द बोल्छ र त्यसपछि दुलहीको बाबुले बोल्छन् स्वस्थ मुटु छ ।
पासोलिनीले किसानहरूको हालत राम्रै बुझेर बिहेको दृश्यमा एकपछि अर्को गम्भीर वाक्य पात्रमार्फत दर्शकलाई सुनाएका छन् । पुँजीवादकै कारण गाउँले किसान हुनु नीच हुनु हो भन्ने मानसिकता बढेर गएका कारण गाउँले किसानको पक्षमा उभिएर पासोलिनीले दुलहीको बाबुलाई बोल्न लगाएका छन्, “उनीहरू हामीलाई पाखे भन्छन्, हामीले नउब्जाएको भए धनीहरूले के खान्थे ?”
चलचित्र मामा रोमाले कलात्मक रूपमा यौनकर्मी महिलाको आस्तित्विक परिचय रोचक ढङ्गले दिलाउने काम गरेको छ । राति सडकमा हिँड्ने व्रmममा विभिन्न पुरुषहरूलाई आफ्नो जीवन गाथा सुनाउन थाल्छे । उसको हिँडाइ र वाक्य सँगसँगै नयाँ नयाँ पुरुष उसको छेउ आइपुग्छन् र बाटो लाग्छन् । उसले कसैप्रति वास्ता नराखी मुखबाट कुरा ओकल्छे मात्रै । यो दृश्य दुई पटक देखिन्छ । दुवै पटक आफ्नो कथा सुनाउने व्रmममा उसले अलग अलग कथा सुनाउँछे । उसको वास्तविक कथा के हो दर्शकलाई चलचित्रले केही भन्दैन । वास्तविक जीवनको यथार्थ हो यो । तिस वर्षको उसको जीवनमा सयौँ पुरुष उसका अगाडि उपस्थित भए र ती कसैको पनि परिचय या अस्तित्वको रेकर्ड राख्ने काम उसले गरिन । निरन्तर जीवन अगाडि बढाउने काम मात्रै गरी ।
चलचित्र मामा रोमा यौनको मामलामा ¥याडिकल देखिन्छ । मामा रोमाले बच्चाकी आमासँग नजिक हुँदै गएको एत्तोरेलाई त्यस महिलाबाट सङ्गत छुटाउन आफूले चिनेकी यौनकर्मी युवतीसँग सहयोग माग्छे । उक्त युवतीले एत्तोरेसँग यौन सम्बन्ध कायम राख्छे । पछि मामा रोमाले युवतीलाई एत्तोरे बच्चाको आमाप्रति लालायित छ कि छैन भनेर सोध्दा त्यस्तो नभएर आफूप्रति लालायित हुन थालेको कुरा सुनाउँदा मामा रोमा मक्ख पर्छे ।
चलचित्रले महिलामा हुने आमाको पाटोलाई पनि राम्रोसँग देखाएको छ । जस्तोसुकै भए पनि, जे काम गरे पनि आमाको मन आफ्नो छोराका लागि जे पनि कहर काट्न तयार हुने कुराको पुष्टि चलचित्र मामा रोमाले गरेको छ । छोरालाई जागिर मिलाइदिन चर्चको पुजारीसँग सहयोग माग्दा असफल हुन पुगेकी मामा रोमा आफ्नी यौनकर्मी महिला र दलालको सहयोगमा रेस्टुरेन्ट मालिकलाई फसाएर उसैको रेस्टुरेन्टमा छोरालाई वेटरको जागिर दिलाउन सफल हुन्छे ।
एत्तोरे आफ्नी आमालाई सुख दिन असफल पात्रका रूपमा देखिएको छ । आमाले ज्यादै रुचाउने गीतको चक्का चोर बजारमा लगेर बेचिदिन्छ । आमाले मोटरसाइकल किनिदिएपछि पनि कृतघ्न रहन्छ । उसका साथीहरू सबै आवारा छन् । स्कुलप्रति उसलाई रुचि छैन, घृणा गर्छ । आवारा साथीहरूको सङ्गतमा अस्पतालमा भर्ना भएर बसेका बिरामीका सामान चोरेर चोर बजारमा बेच्ने काम सुरु गर्छ । एत्तोरे पनि अक्कातोने जस्तै छ अरूको मतलब नगर्ने तर आफैँमा सीमित । अक्कातोने जस्तै एत्तोरे पनि मृत्यु वरण गर्न पुग्छ । शान्तसँग नसुतेर चिच्याउने र उफ्रने गर्नाले उसलाई अस्पतालमा पेटीले कसेर सुताइन्छ । उसको हात, कम्मर र खुट्टामा कसिएको पेटीले येसुको व्रmुसिफिकेसनसँग तादात्म्य राखेको छ । पुँजीवादद्वारा एत्तोरेको व्रmुसिफिकेसन हुन्छ । के बुझ्नु जरुरी छ भने निर्देशकले एत्तोरेलाई येसुका रूपमा प्रस्तुत गरेका होइनन् । व्रmुसिफिकेसन केवल एउटा विम्ब हो ।
डी सिकाको बाइसाइकल थिभ्स (१९४८) र द रुफ (१९५६) ले सूक्ष्म रूपमा सङ्केत दिएको विसङ्गत संसारमा पस्ने गेटभित्र निर्देशक पासोलिनी घुस्ने काम गरेका छन् । प्रायः चलचित्रहरूमा बालबालिकाहरूको उपस्थिति रुचाउने डी सिकाबाट प्रभावित भएर हो कि पासोलिनीले पनि आफ्ना चलचित्रमा बालकहरूलाई समेत स्थान दिएका छन् । मामा रोमाकी नायिकाले भन्छे “बच्चाहरू... साँच्चै तिनीहरू केही हुन्” ।
पासोलिनीका दुवै चलचित्र पुँजीवादको काखमा हुर्कंदै गरेको नरकका प्रमाण हुन् । कडा आलोचनाका साथ निओ रियालिज्मको अन्त्य भए पनि फेलिनी र पासोलिनीले निरन्तरता दिएका कारण निर्धक्क साथ यस्तो नारकीय जीवनको चित्रण गर्ने व्रmम इटालेली चलचित्रमा सन् १९७० को दशकसम्म पनि रहेको देखिन्छ । ब्रेड एन्ड चकलेट (१९७४), डाउन एन्ड डर्टी १९७६ जस्ता चलचित्र यसका उदाहरण हुन् । तत्कालीन समयमा कम्युनिस्ट, दक्षिणपन्थी र व्रिmस्टियन समुदाय सबैबाट तिरष्कृत र आलोचित पासोलिनीका यी चलचित्र आजका बौद्धिक दर्शकका लागि पाच्य र रुचिको विषय हुन सक्छ । मामा रोमापश्चात येसुमाथि आधारित द गोस्पेल अकोर्डिङ टु मेथ्यु बनाएपछि पासोलिनीले सामाजिक विषयमा केन्द्रित ¥याडिकल धारका चलचित्र बनाउन छोडेर केवल यौनमा केन्द्रित चलचित्र बनाउन थाले ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                