• २८ वैशाख २०८२, आइतबार

कांग्रेसको अस्थायी घर टहरा निर्माण अभियान अन्तिम चरणमा

blog

टहरा निर्माण अभियानमा सक्रिय कांग्रेस नेता तथा कार्यकर्ता ।

काठमाडौं, मंसिर ७ गते। नेपाली कांग्रेसले जाजरकोटमा भूकम्प प्रभावितका लागि एक हजार अस्थायी आवास ‘घर टहरा’ निर्माण अभियान अन्तिम चरणमा रहेको जनाएको छ। 

सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलको नेतृत्वमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

सो अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पालुङटार नगरपालिकाका पूर्व मेयर ई. दिपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेता महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशीला भट्ट, वडाअध्यक्ष ओम नेपाली, नेपाल तरुण दलका नेता भागवत रेग्मी र नेवि सङ्घका नेता, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयम्सेवक सङ्लग्न रहेको उहाँले जानकारी दिनुभयो।

दुःखको समयमा योगदान गर्नु हुने पार्टीका सबै नेता, कार्यकर्ताको उच्च प्रशंसा गर्दै अभियानमा थप क्रियाशील भइ निरन्तर लागि पर्न उहाँले अपिल जारी गर्नुभएको छ।