• ११ मंसिर २०८१, मङ्गलबार

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

blog

काठमाडौ, कात्तिक २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । 

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा थानेश्वर खनाल जैसी, दधिराम न्यौपाने र छविलाल भुसालको मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ । 

आयोगका अनुसार खनाल जैसीमाथि २१ लाख ३९ हजार ६०५ रुपियाँ, न्यौपाने र भुसालको हकमा ६ लाख सात हजार ७० रुपियाँ बिगो रकम रकमसहित सर्वोच्चमा मुद्दा पुनरावेदन गरिएको आयोगले जनाएको छ । 

यस्तै, जिल्ला हुलाक कार्यालय, दैलेखका हुलाक अधिकृत अमरबहादुर मल्लसमेत आठ जनाविरुद्ध गलत लिखत तयार पारी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । 

मल्लसहित नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंह लगायतले सो भ्रष्टाचार गरेको आरोप आयोगको विज्ञप्तिमा उल्लेख छ ।