• ८ जेठ २०८१, मङ्गलबार

एमालेद्वारा शुभकामना तथा चियापान कार्यक्रम स्थगन

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १८ गते । नेकपा (एमाले) ले आज दसैँ, तिहार, छठ र नेपाल संवतमा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले राहत र उद्धारको काममा केन्द्रित हुनुपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको बताउनुभयो । एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगन्ज, काठमाडौँका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेको छ । रासस