• २७ वैशाख २०८२, शनिबार

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

blog

काठमाडौं, कात्तिक १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी रहेको छ । 

जसपा केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले बालकुमारीस्थित पार्टी कार्यालयमा जारी बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

यससँगै पार्टीको सङ्गठन विस्तार एवम् सुदृढीकरण लगायतका विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।