• २१ असार २०८२, शनिबार

जसपाको केन्द्रीय समितिको बैठक बस्दै

blog

काठमाडौँ, कात्तिक १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिनको २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्दै छ । 

मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ । बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

 साथै बैठकमा पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण सम्बन्धी ३ महिने अभियानबारे समेत समीक्षा हुने एजेन्डा रहेको जनाएको छ ।