• ५ जेठ २०८१, शनिबार

हुम्लाबासीका लागि आएन दसैंमा नयाँ नोट

blog

नयाँ नोट सटही गर्न बैंकमा लाममा रहेका स्थानीय । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक ५ गते । राष्ट्र बैङ्कले दसैका लागि नयाँ नोट देशैभर पठाउने भनेको भए पनि हुम्लावासीले नयाँ नोट साट्न पाएनन् । राष्ट्रिय बाणिज्य बैङ्कको सिमकोट शाखाले पहिलेकै अरु नोटको मौज्दात राम्रो भएका कारण नयाँ नोट नल्याएको जनाएको छ ।

सिमकोट बजारका कमल सुनारले यस पटक दसैमा राष्ट्रिय बाणिज्य बैङ्कबाट नयाँ नोट नपाएको बताउनुभयो । तीन पटक बैङ्कमा जाँदा नयाँ नोट सटहीका लागि आग्रह गर्दा राष्ट्र बैंङक नेपालगञ्जबाट नयाँ नोट नआएका कारण दिन नसकिने जवाफ बैङ्कका कर्मचारीबाट पाएको उहाँले बताउनुभयो ।

बैंङ्कका क्यासिएर भक्त बोहराले राष्ट्र बैङ्क नेपालगञ्जबाट दसैका लागि सधै आउने नयाँ नोट हवाइमार्गबाट ढुवानी भएर नआएको कारण आबश्यकताका आधारमा ग्राहकलाई नयाँ नोट दिन नसकिएको बताउनुभयो । उहाँले एकसय, पचास र बीस रुपियाँका नोटहरु चार लाख जति बैंकमा गत वर्षकै स्टक रहेकाले सो नोट साटेको बताउनुभयो । 

गत वर्षको दसैमा २० लाख नयाँ नोट राष्ट्र बैंक नेपालगञ्जले पठाएको थियो । उहाँले यसपाली नयाँ नोट कम भए पनि बाँकी नोटको मौज्दात बैंकमा राम्रै भएको कारण राष्ट्र बैंकले नयाँ नोट मात्र पठाउन नसकेको बताउनुभयो । 

हुम्लामा बैंकले रुपियाँ अभाव भएमा हवाइजहाज चार्टर गरेर ढुवानी गर्दैआएको छ । अरु नोट भएका कारण नयाँ नोट मात्र हवाइजहाज चार्टर गरेर पठाउने अबस्था नरहेको कारण यस पटकको दसैका लागि राष्ट्र बैंकबाट नयाँ नोट नआएको उहाँले बताउनुभयो ।