काठमाडौं, कात्तिक १ गते । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तमा गत शुक्रबार पानीजहाज दुर्घटना हुँदा मृतकको सङ्ख्या ४७ पुगेको छ । यातायातमन्त्री मार्क एकिलाले मङ्गलबार यसबारेमा जानकारी गराउनुभएको हो ।
कङ्गो नदीमा गत शुक्रबार भएको पानीजहाज दुर्घटनामा परी अझै एक जना बेपत्ता भएको बताइएको छ । जहाज ओभरलोडका कारणले दुर्घटना भएको मन्त्रीले बताउनुभयो ।
प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले गत आइतबारको वक्तव्यमा भने २८ जनाको शव फेला परेको र २६१ जना बेपत्ता भएको बताउनुभएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल