• १३ असोज २०८१, आइतबार

करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल

blog

राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल ।

काठमाडौं, असार २९ गते । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्नुहुँदै सांसद दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताउनुभयो । सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद दाहालले स्वास्थ्य जोखिम करबापत उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरुमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करबाट प्राप्त रकमको ८० प्रतिशत क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गरिनुपर्छ भनेर सुझाव राखेका छौँ । सुर्तीजन्य पदार्थबाट अथवा स्वास्थ्य जोखिम कर भनेर जुन सरकारले उठाउँछ, त्यो चाहिँ थोरै मात्रामा मात्रै अस्पतालहरुमा दिइने हामीले यहाँ विनियोजनमा देख्यौँ । त्यसले गर्दा ८० प्रतिशत रकम क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा नै लगाउनुपर्छ भनेर हामीले सुझाव राखेका छौँ ।’’

राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि दफावार छलफल सकिएको छ ।