• १९ असार २०८१, बुधबार

श्रमदानमा जुटे स्थानीय

blog

फिदिम समाचारदाता

फिदिम, असार २६ गते । पुल बगाएपछि अवरुद्व सडक नियमित गर्न फालेलुङ गाउँपालिकाले आह्वान गरेको श्रम अभियानमा सहभागिता बढ्दै गएको छ। गत असार २ गते आएको बाढीले हेवा खोलास्थित फालेलुङ–३ र ७ नम्बर वडाको सीमावर्ती घुमाउने दोभानमा डाइभर्सन बनाउन श्रमदानका लागि आह्वान गरिएको थियो।

असार १८ गतेदेखि सुरु भएको श्रमदानमा हालसम्म एक हजार जनाले सहभागिता जनाइसकेको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिनुभयो। उहाँका अनुसार श्रमदानबाटै डाइभर्सनको बेस निर्माण र ढलान हुँदै ह्युमपाइप राखेर त्यसमाथि ढलान गर्ने काम सकिएको छ। शुक्रबार र शनिबार मात्रै यस स्थानमा छ सय बढी युवाले श्रमदान गरेका छन्। गत १८ गतेदेखि २३ गतेसम्म एक हजार जनाले सहभागिता जनाइसकेको पनि अध्यक्ष थाम्सुहाङले बताउनुभयो।

हेवा खोला अन्तर्गतका घुमाउनेटार, लुमाङदिन र थापाटारसँगै खेवाथाम खोलाका मोटरेबल पुल बाढीले बगाएपछि फालेलुङ गाउँपालिकाका बासिन्दालाई एक वडादेखि अर्को वडा जान आउन समस्या भएको छ भने सदरमुकामसँग पनि सडक सम्पर्क बिच्छेद भएको छ। बाढीले पुल बगाएपछि डाइभर्सन बनाउन आफूहरू दैनिक रूपमा सहभागी भएको फालेलुङ–५ का गणेश खपाङ्गीले बताउनुभयो।