• २० असोज २०८१, आइतबार

चोरी तस्करीका गोलिया बरामद

blog

उपभोक्ताहरुले बरामद गरेको काठको गोलिया । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का

बिर्तामोड, असार २५ गते । बिर्तामोड –७ स्थित सुन्दर निचाझोडा सामुदायिक बनबाट चोरी तस्करी गरी लगिएको ६ वटा सखुवाका गोलिया बरामद गरिएको छ ।

आइतवार बिहान साढे ५ बजे बनबाट चोरी गरी बिर्तामोड– ३ स्थित प्रज्वल फर्निचरमा लगिएको अबस्थामा उपभोक्ताहरुले काठ फेला पारी डिभिजन वन कार्यालयलाई खबर गरेको जनाएका छन् । 

मे १ च ३०७९ नम्बरको हात्ती गाडीबाट काठ अनलोड गरिसकेको अबस्थामा बरामद गरिएको उपभोक्ताहरुको भनाइ छ । 

४३.३४ क्युविक फुट काठ बरामद गरी डिभिजन वन कार्यालयमा ल्याइएको र चोरी तस्करीमा संलग्नहरुको खोजी भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी अन्जना पुरीले जानकारी दिनुभयो । 

सुन्दर निचाझोडा वनमा चोरी तस्करी बढेपछि उपभोक्ताले गस्ती गर्न थालेको वन समितिका अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिनुभयो ।