• २७ वैशाख २०८२, शनिबार

सेफ्टी ट्याङ्कीमा डुबेर बालिका घाइते

blog

लीलाराज खड्का

बिर्तामोड, असार २५ गते । मेचीनगर –१० धुलाबारीस्थित साथी किन्डर गार्डेन मन्टेश्वरीको सेफ्टी ट्याङ्कीमा डुबेर एक आठ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् ।

मेचीनगर नगरपालिका –१० धुलाबारीस्थित मन्टेश्वरीको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर मेचीनगर –१० ओमशान्तिकी मेरिना लिम्बू गम्भीर घाइते हुनुभएको छ । घाइते बालिकाकोे अवस्था चिन्ताजनक रहेको र बिर्तामोडस्थित बीएण्डसी अस्पतालको  भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सोमवार  दिउँसो साढे १२ बजे खाजा खाइसकेपछि बालिकालाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्याङ्कीमा डुबेर बेहोसी अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिशा पोख्रेलले बताउनुभयो । 

मन्टेश्वरीले सेफ्टी ट्याङ्की सुरक्षामा गम्भीर लापारवाही गरेको भन्दै अभिभावकले बताएका छन् । सेफ्टी ट्याङ्कीमाथि मक्किएको प्लाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर –१० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । ‘ससाना नानीलाई सिकाउने ठाउँमै यस्तो लापरवाही गरिएको छ, सेफ्टी ट्याङ्कीजस्तो कुरामा हेल्चेक्र्याइँ छ’ खनालले भन्नुभयो । 

२०७० मा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरु अध्यनरत छन् । पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीमा घटनापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।