• २१ वैशाख २०८१, शुक्रबार

बागमती प्रदेशको मनसुन पूर्वतयारी कार्ययोजना तयार

blog

बागमती प्रदेशको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सहभागीहरु ।

राममणि दाहाल

हेटौँडा, असार २५ गते । असारको अन्तिम साता आइपुग्दा बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८० तयार गरेको छ । बागमती प्रदेशको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको हो । 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठको अध्यक्षता बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुनसक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्व तयारी र उद्धार सम्बन्धी प्रतिकार्यको योजना पारित गरेको हो । बैठकले प्रदेश सरकारका विषयगत मन्त्रालयहरू र गैरसरकारी सङ्घसंस्थाहरूका लागि विषयगत क्षेत्र तय गरी ती मन्त्रालयको कार्य जिम्मेवारीसमेत तोक्ने निर्णय समेत गरेको छ ।

मन्त्री श्रेष्ठले विषयगत मन्त्रालयहरूका सचिव, सुरक्षा निकायका प्रमुखहरू र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा भएको बैठकमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो ।