• ८ वैशाख २०८१, शनिबार

सरस्वती डाँडामा व्यायामशाला निर्माण

blog

सरस्वती डाँडामा निर्माण गरिएको व्यायामशाला । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, असार २२ गते । ओखलढुङ्गा सदरमुकाम बजारनजिकै खुल्ला व्यायामशाला निर्माण गरिएको छ । सिद्धिचरण नगरपालिका –१२ मा रहेको सिद्धिचरण र स्रष्टापार्क नजिकै सरस्वती डाँडामा सो व्यायामशाला स्थापना गरिएको हो । 

वडा कार्यालयको पहलमा प्रदेश सरकारबाट प्राप्त आठ लाख रुपियाँ बजेटले खुल्ला व्यायामशालाको स्थापना गरिएको सिद्धिचरण नगरपालिका –१२ का वडा अध्यक्ष उमङ्ग श्रेष्ठले बताउनुभयो । 

सदरमुकामबासी नागरिकको माग र आवश्यकताका आधारमा व्यायामशालाको निर्माण गरिएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । शारीरिक व्यायामका लागि आवश्यक विभिन्न सामग्री व्यायामशालामा जडान गरिसकिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । एक साताभित्र नागरिकका लागि व्यायामशाला निःशुल्क सञ्चालन गरिने सिद्धिचरण नगरपालिकाले जनाएको छ ।