• २२ वैशाख २०८१, शनिबार

राजमार्ग अवरुद्धले पाथीभरा आउने भत्तजन प्रभावित

blog

फुङ्लिङ, असार २२ गते । दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् । 

मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भत्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । 

गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालन आउन सकेको छैन । पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जालले विच्छेद भएको छ । 

विभिन्न जिल्लाका यातायातका साधन ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिर पूजापाठ गर्न आउने भत्तजनको सङ्ख्यामा कमी आएको हो । विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको सङ्ख्या अहिले एक सयभन्दा कम हुन थालेको महतले बताउनुभयो । समयमै पुल नबन्दा यात्रुलाई सास्ती खेप्नु परेको छ । ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जानका लागि पाँचथरको हेवा खोलावारीसम्म पुगेर खोलामाथि बनाइएको फड्के पुल तरेर वारि पाँचथर जिल्लाबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ । 

तीन साता भइसक्दा पनि राजमार्ग पुनः सञ्चालनमा आउन सकेको छैन । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको छ । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन । बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् । 

राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो । त्यही दिन कोशी प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आउनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफँै निरीक्षणमा आउँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन । केही दिन अगाडि मात्र विभागीय प्रमुखहरूसँग भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गर्नुभएको थियो । सरकारले नै निकै चासो राख्दा पनि यत्रो दिनमा राजमार्ग सञ्चालन आउन सकेको छैन ।

अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायतका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो । लामो समय राजर्माग अवरुद्ध हँुदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जानएको छ । 

सरकारले सारा शक्ति लगाएर काम सक्नुपर्ने हो तर १९ दिन बितिसक्दा पनि बेलीब्रिज सञ्चालनमा नआउँदा दैनिक हजारौँको सङ्ख्यामा यात्रुहरूलाई सास्ती खेप्नुपरेको छ । छिटोभन्दा छिटो बेलिब्रिज बनाउने प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो । आवश्यक सामग्री समयमै पु¥याएका थियौँ । फाउण्डेशन बनाउन नै बाढीले समस्या गरायो, जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ ।” सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने गरी निर्माण कार्यमा भइरहेको छ । रासस