रेखीराम राना
पाल्पा, जेठ १ गते । तीन दिनअघि माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । जिल्लाको तिनाउ गाउँपालिका –१, कचल बस्ने ३२ वर्षे भूपाल सुनारीको शव दोभान खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
तिनाउ –१, आरखोदीस्थित दोभान खोलामा माछा मार्ने क्रममा सुनारी खोलामा डुबेर बेपत्ता हुनुभएको थियो । खोजतलास गर्ने क्रममा सुनारीको शव दोभान खोलाको खोचमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । सुनारी दुई जना साथीसँगै माछा मार्न खोलामा जानुभएको थियो ।