• २२ असार २०८१, शनिबार

आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्षको मृत्यु

blog

जाजरकोट, वैशाख २९ गते । भेरी नगरपालिका –७ मा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको मृत्यु भएको हो ।

भेरी नगरपालिका –७ का वडाध्यक्ष दीपबहादुर शाहीले  आगो निभाउने क्रममा  सामुदायिक वनका अध्यक्ष कार्कीको मृत्यु भएको जानकारी दिनु भयो । बिहीबार दिउँसो सामुदायिक वनमा आगो फैलिए पछि अध्यक्ष लगायत उपभोक्ताहरू आगो निभाउन सामुदायिक वनमा जानु भएको थियो ।   दिनभरि प्रयास गर्दा पनि आगो नियन्त्रण गर्न नसकेपछि राती गाउँलेहरूले आगो नियन्त्रण गरेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकृत प्रहरी निरीक्षक नवीन चुदालीले  क्रममा सामुदायिक वनका अध्यक्षको जलेर मृत्यु भएको खबर पस्चात प्रहरी घटनास्थलमा पठाइएको बताउनुभयो ।

Author

सहदेव बस्नेत