• २० वैशाख २०८१, बिहिबार

प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल

blog

सिंहदरबारमा भएको छलफलमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख ११ गते । सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ । सोमबार दिउँसो सिंहदरबारमा तीन दलका शीर्ष नेतालगायत दलका प्रमुख सचेतबीच छलफल सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै दलका प्रमुख सचेतको सहभागी हुनुहुन्छ । 

बैठकमा एमाले संसदीय संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्छ ।