• ८ वैशाख २०८१, शनिबार

टुँडिखेलमा घोडे जात्राको तयारी

blog

तस्बिर : कविता थापा

काठमाडौं, चैत ५ गते। यस वर्षको घोडेजात्राको तयारी सुरु भएको छ। नेपाली सेनाले राष्ट्रपतिको प्रमुख आतिथ्यतामा हुने घोडे जात्राको तयारी गरेको हो। घोडे जात्राको अवसरमा विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साइकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प प्रदर्शन गरिने छ। यो वर्षको घोडेजात्रा चैत ७ गते परेको छ। 

घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवम् समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल  पुग्नु हुनेछ।