• १३ साउन २०८१, आइतबार

संस्थागत निकायको समन्वय नहुँदा भद्रगोल

blog

काठमाडौँ, फागुन १२ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक सुधारमा देखिएको समस्याको पहिचान गरी समस्या समाधान गर्न निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको बिहीबारको नियमित बैठकमा उहाँले उक्त निर्देशन दिनुभएको हो। 

उपप्रधानमन्त्री श्रेष्ठले सम्बन्धित सबै निकायबाट सडक सुधारमा राम्रो पहलको सुरुवात भएको बताउनुभयो। केन्द्रीय, स्थानीय र विद्युत्, खानेपानीजस्ता कैयौँ संस्थागत निकायको समन्वय नहुँदा सडक भद्रगोल भएर जनताले सास्ती खेप्नु परेको अवस्था सम्बोधन गर्नका लागि आपसमा समन्वय गरेर छिटोभन्दा छिटो सडक सुधार गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिनुभयो।