• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

blog

काठमाडौँ, फागुन १०  गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ । 

राष्ट्रपति निर्वाचनका लागि मनोनयनको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । नेकपा (माओवादी केन्द्र ) ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ । यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ ।  रासस